दफा ८३
जवाफ दिन इन्कार गर्न नहुने

(१) अधिकार प्राप्त अधिकारी समक्ष कुनै विषयमा साँचोे कुरा व्यक्त गर्ने कानूनी कर्तव्य भएको व्यक्तिले त्यस्तोविषयमा त्यस्तो अधिकारीले सोधेको प्रश्नको जवाफ दिन इन्कार गर्न हुँदैन।तर कसैलाई पनि आफ्नाे विरुद्ध बयान दिन कर लाग्ने छैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजायहुनेछ ।